September 13th, 2018

केन्द्रीय निक्षेप प्रणाली के हो ? केके काम गर्छ ?

बैंकिङ खबर । केन्द्रीय निक्षेप प्रणाली धितोपत्रको केन्द्रीय निक्षेप एउटा यस्तो प्रणाली हो, जसले भौतिक तथा अभौतिक रुपमा धितोपत्र धारण गरी कितावी प्रबिष्टी मार्फत हकहस्तान्तरण कार्य सम्भव बनाउँदछ । केन्द्रीय निक्षेपले भौतिक रुपमा रहेका धितोपत्रलाई स्थिर गर्ने वा भौतिक प्रमाणपत्र रहित गरी धितोपत्रको विद्युतीय अभिलेखको व्यवस्था गर्दछ । 

केन्द्रीय निक्षेप कम्पनिमा सहभागी भएका कम्पनिहरुको धितोपत्र सम्बन्धित धितोपत्र धनीबाट आफ्नो जिम्मामा लिई धितोपत्रको खाता राख्ने, धितोपत्र सुरक्षित राख्ने, धितोपत्र वा स्वामित्व अधिकार परिवर्तण सम्बन्धि सेवा प्रदान गर्ने धितोपत्र बजार सम्बन्धि उच्च स्तरीय प्रविधि हो । 

केन्द्रीय निक्षेप प्रणलीले दक्ष एवं जोखिममुक्त धितोपत्र कारोबारको वातावरण सिर्जना गरी पुँजी बजारलाई बढि तरल बनाउन, बैंदेशिक लगानीकर्ताहरुलाई आकर्षित गर्न तथा अन्तराष्ट्रिय स्तरमा समेत सहयोग पुर्याउँछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]