Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकलाई ल्याब परीक्षणमा २० प्रतिशतसम्म छुट

२०८३ आश्विन २३ गते

बैंकिङ खबर /  ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वास्थ्य परीक्षण सेवामा सहुलियत उपलब्ध गराउने उद्देश्यले युनाइटेड रेफरेन्स ल्याबोरेटरी (यूआरएल) प्रालिसँग सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकका ग्राहकले यूआरएलका विभिन्न प्रयोगशाला परीक्षण सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

सम्झौताअनुसार ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले यूआरएलबाट उपलब्ध प्रयोगशाला परीक्षण सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै, बैंकका कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यस व्यवस्थाले बैंकसँग आबद्ध ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य परीक्षण सेवामा आर्थिक सहुलियत प्रदान गर्ने अपेक्षा गरिएको छ ।

उक्त सुविधा यूआरएलका विभिन्न शाखामार्फत उपलब्ध हुनेछ। कास्कीको शिशुवा, हस्पिटलचोक, खुदी, बिरौटा र लेकसाइड, लमजुङको बेँसीसहर र सुन्दरबजार, स्याङ्जाको पुतलीबजार र वालिङ तथा तनहुँको दुलेगौंडा, बेलचौतारा र दमौलीस्थित शाखाबाट ग्राहकले छुटसहित सेवा लिन सक्नेछन्। यसैगरी, बागलुङ तथा नवलपुरको कावासोतीस्थित यूआरएलका शाखाबाट समेत उक्त सुविधा उपलब्ध हुने जनाइएको छ ।

सम्झौतापत्रमा ग्रीन डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी र यूआरएल प्रालिका तर्फबाट अध्यक्ष ठाकुर प्रसाद पन्थले हस्ताक्षर गरेका छन्। बैंकले ग्राहकलाई वित्तीय सेवासँगै विभिन्न संस्थासँगको सहकार्यमार्फत अतिरिक्त सुविधा उपलब्ध गराउने प्रयासस्वरूप उक्त सम्झौता गरेको हो। सम्झौताबाट बैंकका ग्राहक तथा कर्मचारीले तोकिएका शाखामा उपलब्ध प्रयोगशाला परीक्षण सेवामा सहुलियत प्राप्त गर्न सक्नेछन्।