September 13th, 2018

कालिका पावरको ११ लाख १६ हजार कित्ता आईपिओ खुल्यो 

बैंकिङ खबर । कालिका पावर लिमिटेडले विहीबार(भदौ २८ गते)देखि सर्वसाधारणको लागि ११ करोड १६ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको छ । एक सय रुपैयाँ अंकित मूल्यमा कम्पनीले ११ लाख १६ हजार कित्ता सेयर निष्काशन गरेको हो । 

कम्पनीले सर्वसाधारण समूहतर्फ १२ लाख कित्ता छ्ट्टाएकोमा २४ हजार कित्ता कर्मचारीको लागि र ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकेको छ । सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ६ हजार कित्तासम्मको लागि आवेदन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्रि प्रवन्धक काठमाडौं क्यापिटल मार्केटले जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाइनेछ ।

सेयर निष्काशन छिटोमा असोज १ गते र ढिलोमा असोज २८ गतेसम्म खुला रहनेछ ।

कम्पनीको क्रेडिट रेटिङ ’इक्रा एनपि आइपिओ ग्रेड ४’ रहेको छ । यो रेटिङले औषतभन्दा तल रहेको जनाउँदछ । कम्पनीको प्रति मेगावाट लागत २३ करोड ५० लाख रुपैयाँ रहेको छ भने कुल लागत एक अर्ब ३८ करोड रुपैयाँ रहेको छ । कम्पनीले अबको २९ वर्षसम्म विद्युत उत्पादन गर्न सक्नेछ । कम्पनीले लगानीकर्ताको एक सय रुपैयाँ साढे ९ वर्ष भित्रमा लाभांसमार्फत फिर्ता गर्नेछ । भर्खर उत्पादन थालेको कम्पनीले दुई वर्षदेखि प्रति सेयर आम्दानी ११ रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]