September 11th, 2018

६.७७ अंकको वृद्धिसँगै १२१७.६५ अंकमा सेयर बजार

बैंकिङ खबर । मंगलबार सेयर बजार बढेको छ । फाइनान्स र निर्जिवन बीमा बाहेक सबै समूह बढेपछि नेप्से परिसूचक ६.७७ अंकको वृद्धिसँगै १२१७.६५ अंकमा पुगेको छ । दिनभरिमा १६७ वटा कम्पनीको १० लाख ९७ हजार नौ सय ११ कित्ता सेयर चार हजार ९७ पटक खरिदवित्रली हुँदा ३३ करोड ३२ हजार सात सय ६३ रुपैयाँको कारोबार भएको छ । 

एनआईसी एशिया बैंक र कुमारी बैंकको दुई करोड तथा एनएमबि बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, देवः विकास बैंक, नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीको एक करोडमाथिको कारोबार भएको छ । मेरो माइक्रोफाइनान्स, सनराइज बैंक र जनता बैंकको क्रमशः ८५ करोड ८० लाख, ८३ करोड ९२ लाख र ८३ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

किसान माइक्रोफाइनान्स, सुर्योदय लघुवित्त, उन्नति माइक्रोफाइनान्स र मिथिला लघुवित्तका सेयरधनीले क्रमशः १०, ६.३१, ५.१४ र ५.११ प्रतिशतका दरले कमाएका छन् । आईसीएफसी फाइनान्स, युनाइटेड  इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेशनल माइक्रोफाइनान्स, गोर्खाज फाइनान्स, एनएमबि माइक्रोफाइनान्स लगायतका सेयरधनीे पनि कमाएका छन् । 

यता, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, राष्ट्रिय बीमा कम्पनी र नेपाल हाइड्रो डेभलपर्सका सेयरधनीले क्रमशः ७.८५, ७.२६ र ५.०३ प्रतिशतका दरले गुमाएका छन् । सेन्ट्रल फाइनान्स, आरम्भ माइक्रोफाइनान्स, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, एभरेष्ट इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, गुहेश्वरी फाइनान्स, बेष्ट फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]