September 11th, 2018

किसान माइक्रोफाइनान्सका सेयरधनीले २९ प्रतिशत बोनस सेयर पाउने

बैंकिङ खबर । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको भदौ २५ गते आइतबार सम्पन्न १०३औं बैठकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । हाल किसान मइक्रोफाइनान्सको चुक्तापँजी चार करोड ८० लाख ५० हजार रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]