September 11th, 2018

गरिमा विकास बैंकले १३.७५ प्रतिशत लाभांश दिने

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १३.७५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सोमबार बसेको २१८औँ संचालक समितिको बैठकले गत बर्षको कमाईबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । 

बैंकले चुक्तापुँजीको १० प्रतिशत बोनस र कर सहित ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकवाट स्वीकृत भई बैंकको साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

बैंकको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ४८ लाख रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]