बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले केही पहिले खुला गरेको १,७६,८४,८५८ कित्ता सेयरको थप सार्वजनिक निष्काशन (एफपिओ ) रीतपूर्वक आवेदन गर्ने सबैले प्राप्त गर्ने गरि वाँडफाँड सम्पन्न भएको छ । यस अनुसार रु २ अर्ब ६२ करोड ५२ लाख १० हजार बरावरको ९३,७५,७५० कित्ता सेयर आस्वा पद्धतिबाट सर्वसाधारणलाई र रु २ अर्ब ३२ करोड ६५ लाख ५० हजार २ सय ४० बरावरको ८३ लाख ९ हजार १ सय ८ कित्ता सेयर प्रत्याभुतिकर्ता (अन्डरराईटर) लाई वितरण भएको छ ।
यस अघि बैंकले रु १ सय अंकित मुल्यमा रु १८० थप गरि प्रतिकित्ता रु २८० मा १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ताका सेयर थप सार्वजनिक निष्काशन लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकका रुपमा नियुक्त गरेको थियो र निष्काशित सेयरहरुहरुको ग्लोवल आईएमई क्यापिटल लिमिटेड, नेपाल एसविआई मर्चेन्ट बैकिंग लिमिटेड, एनआईविएल एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, सनराईज क्यापिटल लि, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सानिमा क्यापिटल लिमिटेड, सिविआईएल क्यापिटल लिमिटेड सहितका नेपालका ८ वटा प्रतिष्ठित मर्चेन्ट बैंकहरुले शतप्रतिशत प्रत्याभुति गरेका थिए ।
वि.सं. १९९४ मा स्थापित नेपाल बैंक लिमिटेड नेपालकै अग्रणी बैंक हुनुका साथै नेपाल सरकार र निजी क्षेत्रको सयुक्त लगानीको समेत पहिलो बैंक हो । यस अघि बैंकमा नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत सेयर स्वामित्व रहेकोमा उक्त एफपिओ वांडफाड पश्चात नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर कायम हुन आएको छ ।