September 10th, 2018

ज्योति विकास बैंकका सेयरधनीले कति पाउने भए लाभांश ?

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडका सेयरधनीले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश मात्रै पाउने भएका छन् । बैंकको आइतबार (भदौ २४ गते) बसेको संचालक समितिको ३१२औँ बैठकले चुक्तापुँजीको ८.४० प्रतिशतले हुन आउने २१ करोड ८० लाख ६२ हजार सात सय ५३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ । बैंकले नगद लाभांश खण्डिकृत सेयरमा रहेको भिन्न अंक थप गरी पुर्ण सेयर कायम गरी वितरण गर्ने समेत उल्लेख गरेको छ ।

प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]