बैंकिङ खबर । जानकी फाइनान्स कम्पनी लिमिटेडले २२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । फाइनान्सको सञ्चालक समितिको भदौ २१ गते बिहीबार सम्पन्न बैठकले २२ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।
प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई फाइनान्सको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।
हाल फाइनान्स कम्पनीको चुक्ता पूँजी ४० करोड ३३ लाख ९३ हजार रुपैयाँ रहेको छ । २२ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ४९ करोड २१ लाख ४० हजार रुपैयाँ कायम हुनेछ ।