September 7th, 2018

पाँच दिनमा ४८ अंकले बढ्यो सेयर बजार, कारोबारमा पनि उल्लेख्य वृद्धि

बैंकिङ खबर । सेयर बजार यो साता बढेको छ । गत साताको अन्तिम दिन ११८१.६९ अंकमा बन्द भएको बजार यो साता १२२९.७७ अंकमा आईपुगेको छ । साताको विहीबारबाहेक सबै दिन हरियो भएको नेप्से परिसूचक साताभरमा ४८.०८ अंकले बढेको हो । 

परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । साताभरमा दुई अर्ब ८७ करोड २७ लाख ७८ ह जार चार सय २८ रुपैयाँको कारोबार भएको छ । गत साता चार दिनमा ७९ करोड ९२ लाख दुई हजार तीन सय ३७ रुपैयाँको कारोबार भएको थियो । 

पाँच दिनमा १९३ वटा कम्पनीको २५ लाख ४२ हजार सात सय १० कित्ता सेयरको ११ हजार सात सय ८८ पटक कारोबार भएको छ । गत साता कुल १८० कम्पनीको २५ लाख ४२ हजार सात  सय १० कित्ता सेयर ११ हजार ७ सय ८८ पटक खरिदविक्री भएको थियो । 

यस साता कारोबार रकम, कारोबार भएको सेयर संख्या र खरिदविक्री संख्याका आधारमा एनएमबि बैंक नै अग्रस्थानमा रहेको छ । पाँच दिनमा यो बैंकको मात्रै छ लाख ६४ हजार कित्ता सेयरको एक हजार पाँच सय ४६ पटक खरिदविक्री हुँदा २२ करोड ५० हजार रुपैयाँको कारोबार भएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]