September 7th, 2018

कन्काई विकास बैंकद्धारा लाभांश घोषणा

बैंकिङ खबर । कन्काई विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट ९.५० प्रतिशत लाभांस घोषणा गरेको छ । बैंकले तीन प्रतिशत बोनस सेयर र ६.५० प्रतिशत नगद लाभांश दिन लागेको हो । बैंकको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई एक करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र तीन करोड २५ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । जसपश्चात्, बैंकको चुक्ता पूँजी ५१ करोड ५० लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा बैंकले ४ करोड ४५ लाख रुपैयाँ नाफा गरेको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]