September 5th, 2018

२३.८९ अंकले बढ्यो सेयर बजार, ७० करोड ८८ लाखको कारोबार

बैंकिङ खबर । सेयर बजार केही दिनदेखि निरन्तर बढिरहेको छ । बुधबार पनि नेप्से परिसूचक २३.८९ अंकले बढेर १२३४.१३ अंकमा पुगेको छ । व्यापार र उत्पादनमूलक समूह क्रमशः २.७९ र  ३६.७४ अंकले घटे पनि बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूह क्रमशः २२.७४, १९.११, ३०.७९, ३९.७९, ९.५२, १६२.६७, ६.६५, ४२. ०९ र ९५.१९ अंकले बढेका छन् ।

दिनभरिमा १६७ वटा कम्पनीको २३ लाख ७२ हजार तीन सय ६३ कित्ता सेयर सात हजार आठ सय ५३ पटक खरिदविक्री हुँदा ७० करोड ८८ लाख ५० हजार पाँच सय ६८ रुपैयाँको कारोबार भएको छ । कुमारी बैंक र एनएमबि बैंकको चार करोड, एनआईसी एशिया बैंकको तीन करोड तथा नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक र जनता बैंकको दुई करोडमाथिको सेयर कारोबार भएको छ । एनसीसी बैंक, प्राइम बैंक, मेगा बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

काबेली विकास बैंक, हिमालयन पावर पार्टनर, एनएमबि माइक्रोफाइनान्स र कुमारी बैंक का सेयरधनीले क्रमशः  ९.७५, ९.७२, ८.४७ र ८.३३ प्रतिशतका दरले कमाएका छन् । रैराङ हाइड्रो, युनाइटेड इन्स्योरेन्स र कालिका माइक्रोक्रेडिटका सेयरधनीले सात प्रतिशतभन्दा बढीका दरले कमाएका छन् भने रिलायन्स फाइनान्स, एनसीसी बैंक, कन्काई विकास बैंक लगायतका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले कमाएका  छन् ।

जम्मा १३ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । युनिलिभर नेपालका सेयरधनीले सबैभन्दा धेरै ३.९५ प्रतिशतका दरले गुमाएका छन् । गुहेश्वरी फाइनान्स, विशाल बजार, ग्लोबल आईएमई समुन्नत स्कीम, गोर्खाज फाइनान्स, नविल इक्विटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड, दिव्यश्वरी हाइड्रो, खानीखोला हाइड्रो, लक्ष्मी बैंक, लुम्बिनी विकास बैंक, गुराँस लाइफ इन्स्योरेन्स र एनआईसी एशिया ग्रोथ फण्ड लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]