September 3rd, 2018

सेयर बजारमा दोहोरो अंकको वृद्धि, १८ कम्पनीका सेयरधनीले मात्रै गुमाए

बैंकिङ खबर । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १५.९८ अंकको वृद्धिसँगै १२०६.२६ अंकमा उक्लिएको छ ।  होटल र अन्य समूह क्रमशः २.२६ र ०.३ अंकले घटे पनि बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा, उत्पादनमूलक, लघुवित्त र जीवन बीमा समूह क्रमशः १५.६९, १२.७२, १९.९८, ४.५, ९६.६६, ९३.२, ३.३ र ७२.४२ अंकले बढेका छन् । 

दिनभरिमा १६९ वटा कम्पनीको १८ लाख ९६ हजार तीन सय पाँच कित्ता सेयर पाँच हजार नौ सय ७१ पटक खरिदविक्री हुँदा ५४ करोड ६० लाख २१ हजार सात सय १९ रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १० करोडमाथिको कारोबार भएको छ । एनआईसी एशिया बैंकको तीन करोड, एनएमबि बैंकको दुई करोड तथा नेपाल बैंक, कुमारी बैंक, जनता बैंक, सानिमा बैंक, मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोडमाथिको कारोबार भएको छ । प्राइम बैंकको ९३ लाखमाथिको कारोबार भएको छ ।

लक्ष्मी बैंक, काबेली विकास बैंक, ग्लोबल आईएमई लघुवित्त र युनाइटेड मोदी हाइड्रोका सेयरधनीले क्रमशः ९.९६, ९.६४, ८.४८ र ७.४१ प्रतिशतका दरले कमाएका छन् ।  हाथवे फाइनान्स, युनिलिभर नेपाल, मिर्मिरे माइक्रोफाइनान्स, सिटिजन्स म्युचुअल फण्ड र एनआईसी एशिया ग्रोथ फण्डका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । खानीखोला हाइड्रोका सेयरधनीले ५.७७ प्रतिशतका दरले कमाएका छन् । 

जम्मा १८ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । ङादी ग्रुप पावरका सेयरधनीले ७.९५ प्रतिशतका दरले गुमाएका छन् । सिद्धार्थ इक्विटी वरियन्टेड स्कीम, ग्लोबल आईएमई समुन्नत स्कीम, तिनाउ डेभलपमेन्ट बैंक, राधी विद्युत् कम्पनी, कैलाश विकास बैंक, वल्र्ड मर्चेन्ट बैंकिङ, जानकी फाइनान्स, दिव्यश्री हाइड्रो, मुक्तिनाथ विकास बैंक प्रोमोटर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]