September 2nd, 2018

११९०.२८ अंकमा पुग्यो सेयर बजार : कसले कमायो, कसले गुमायो ?

बैंकिङ खबर । आइतबार सेयर बजार ८.५९ अंकले बढेर ११९०.२८ अंकमा पुगेको छ । उत्पादनमूलक, अन्य र जीवन बीमा समूह क्रमशः ०.७५, १.९ र १.०८ अंकले घटे पनि बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा र लघुवित्त समूह क्रमशः ११.१४, ३२.११, १३.५२, ५.१३, ०.९४, २९.४३ र १०.१४ अंकले बढेका छन् ।

दिनभरिमा १६४ वटा कम्पनीको नौ लाख ६० हजार सात सय १४ कित्ता सेयर चार हजार दुई सय ४२ पटक खरिदविक्री हुँदा ३० करोड २५ लाख ९७ हजार दुई सय एक रुपैयाँको कारोबार भएको छ । एनआईसी एशिया बैंकको तीन करोड, नेपाल लाइफ इन्स्योरेन्स र एनएमबि बैंकको दुई करोड तथा नेपाल बैंकको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीहरुमा क्रमशः जनता बैंक, सनराइज बैंक, प्राइम बैंक प्रोमोटर, सिद्धार्थ बैंक, प्राइम बैंक र नविल बैंक रहेका छन् ।

एनआईसी एशिया बैंक, तिनाउ डेभलपमेन्ट बैंक र भार्गव विकास बैंकका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीले कमाएका छन् । गण्डकी विकास बैंक, ग्लोबल आईएमई लघुवित्त, जनता बैंक, दिव्यश्वरी हाइड्रो, सनराइज बैंक, एनएलजी इन्स्योरेन्स, स्वाबलम्बन लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, सूर्योदय लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ३.३१ प्रतिशतका दरले गुमाएका छन् ।  आरम्भ माइक्रोफाइनान्स, कालिका माइक्रोक्रेडिट, रैराङ हाइड्रो, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, उन्नति मइक्रोफाइनान्स, जेविल्स फाइनान्स, समता माइक्रोफाइनान्स, एनएमबी माइक्रोफाइनान्स, युनाइटेड मोदी हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]