August 31st, 2018

ज्योति विकास बैंकमा विलय हुन लागेको हाम्रो विकास बैंकको लाभांश प्रस्ताव

बैंकिङ खबर । ज्योति विकास बैंकमा विलय हुन लागेको हाम्रो विकास बैंकले आफ्ना सेयरधनीलाई २.४० प्रतिशत बोनस सेयर र ७.९१ प्रतिशत नगद लाभांश दिने भएको छ । नुवाकोट जिल्ला मात्रै कार्यक्षेत्र भएको यस बैंकको विहीबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ । उक्त लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि संचालक समितिले गरेको छ । राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरुमा वितरण गरिनेछ । 

हाल हाम्रो विकास बैंकको चुक्ता पूँजी ४५ करोड ८७ लाख रुपैयाँ रहेको छ । ज्योति विकास बैंक र हाम्रो विकास बैंकबीचको एक्विजिसनलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिइसकेको छ । अहिले सम्पूर्ण सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) प्रक्रिया अगाडि बढेको छ । डिडिए प्रतिवेदनका आधारमा सेयर स्वाप रेसियो तय गरिने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]