बैंकिङ खबर । एक मात्र १० जिल्ले विकास बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बुधबार (भदौ ३ गते) बसेको संचालक समितिको १८२औँ बैठकले २४ करोड ८१ लाख ५० हजार आठ सय रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने निर्णय गरेको हो । कर प्रयोजनका लागि बैंकले ०.९५ प्रतिशत अर्थात् एक करोड ३० लाख ६० हजार पाँच सय ६८ रुपैयाँ नगद लाभांश पनि वितरण गर्नेछ ।
हाल शाइन रेसुंगाको चुक्तापुँजी एक अर्ब ३७ करोड ८६ लाख १५ हजार चार सय रुपैयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब ६० करोड नाघ्नेछ ।
प्रस्तावित बोनस नेपल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।