August 29th, 2018

‘चार वर्षभित्रमा राष्ट्रिय स्तरको बन्छौँ’

सिन्धु विकास बैंक ३ जिल्ला कार्य क्षेत्र भएको निजी स्तरको बैंक हो । शाखा विस्तार, लगानी लगायतमा राष्ट्र बैंकको नीति निर्देशनभित्र रहेर कार्य गर्दै आएको बैंकले दर्गम भेगमा वित्तीय साक्षरता, बैंकिङ पहुँच लगायत सर्वसाधरणहरुको आवश्यकतालाई मध्यनजर गर्दै आएको छ । यसैबीच, बैंकका भावी योजना, कार्यक्षेत्रभित्र वित्तीय पहुँच एवम् साक्षरताको अवस्था, क्षेत्रीय विकास बैंकका चुनौती लगायतका विषयमा केन्द्रित रहेर बैंकिङ खबर डट कमका लागि सहकर्मि विजय पराजुलीले सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

सिन्धु विकास बैंकका आगामी योजनाहरु केके छन् ?
सिन्धु विकास बैंक कमर्सियल बैंकहरुको उपस्थिती कम भएको अवस्थामा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघसंग आबद्ध त्यस क्षेत्रका वरिष्ठ व्यापारीहरु मिलेर स्थापना गरिएको बैंक हो । यस विकास बैंक २०६७ साल भाद्र २२ गते स्थापना  भएको हो । आफ्नो कार्य क्षेत्रभित्रका मानिसहरुमा वित्तीय साक्षरता र बैंकिङ पहुँच बृद्धि गर्ने उद्देश्यले यस बैंकको विकास गरिएको हो । ३ जिल्ला कार्य क्षेत्र भएको यस सिन्धु विकास बैंकले एउटा विशिष्ठ पहिचान हासिल गर्न सफल भएको छ । अहिलेसम्म हामीले प्रविधिको प्रयोग गरेका छैनौँ । तर ग्राहकहरुले विभिन्न सुविधा खोज्ने भएको हुँदा छिटै कार्ड लगायतका प्रविधिहरु भित्र्याउने कार्यमा जुटेका छौँ ।

यसबाहेक, आफ्नो कार्यक्षेत्रभित्रका तीन जिल्लामा वित्तीय साक्षरता र वित्तीय पहुँच बढाउन विभिन्न कार्यक्रमहरु गर्ने योजना बनाएका छौँ । यसका लागि जिल्लाभित्र बैंकिङ पहुँच वपुगेका ठाउँहरुलाई मध्येनजर गरेर शाखा स्थापना गर्नेछौँ । अहिले हाम्रो कार्यक्षेत्र तीन जिल्लामा मात्रै रहेकाले बाहिर शाखा तथा सेवा विस्तार गर्न पाइँदैन । तर, राष्ट्र बैंकले तीन जिल्ले विकास बैंकहरुलाई स्वतः पाँच जिल्ले भने परिभाषित गरिसकेको अवस्था छ । यो व्यवस्था कार्यान्वयनमा आएसँगै तराईको मकवानपुर र चितवनमा जाने भनेर राष्ट्र बैंकमा प्रपोजल पेश गरिसकेका छौँ ।

सिन्धु विकास बैंकका शाखा कति छन् ? चालू आर्थिक वर्षमा कति थप्ने योजना बनाउनुभएको छ ?
सिन्धु विकास बैंकले हाल १३ वटा शाखका साथमा, २ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ । आगामी चार वर्षभित्र राष्ट्रिय स्तरमा जाने योजना बनाएका छौँ । राष्ट्र बैंकले दिएको सबै निर्देशनहरु पालना गर्दै शाखा विस्तार कार्यलाई अगाडी बढाउँदै आएको यस बैंकले चालु आर्थिक बर्षमा ७ वटा नयाँ शाखा विस्तार गर्ने योजना राखेको छ । 

अहिलेको यो समयमा प्रविधी एउटा कडिको रुपमा स्थापित भएको छ । त्यसकारण प्रविधीलार्ई मध्यनजर राख्दै यस सिन्धु विकास बैंकले पनि प्रविधीलाई आत्मसात गर्दै आएको छ । अब छिटै कार्ड स्टिम ल्याउने बैंकको योजना रहेको छ ।   

सिन्धु विकास बैंकको कर्जा र निक्षेपको अवस्था कस्तो छ ?
डिपोजिटको सन्दर्भमा सिन्धु विकास बैंक उत्कृष्ट बैंकको रुपमा रहेको छ । सिन्धु विकास बैंकको ८० प्रतिशत भन्दा बढि डिपोजिट रहेको छ । यसले गर्दा बैंकको कष्ट रिजनेवल लेभलमा छ । डिपोजीटको कष्ट पेमेन्ट गर्दा वा कर्जा प्रवाह गर्दा यो क्षेत्रका जनताहरुलाई राहत होस् भन्ने हिसाबले कर्जा प्रवाह गर्ने गर्दछ । कर्जा प्रवाह गर्दा मार्केटलाई अध्ययन गर्ने गरेका छौँ । जनताहरुको सेभिङमा उच्च प्रतिफल प्राप्त होस भन्ने उद्देश्यका साथ हामीले बचतमा ७ प्रतिशत व्याज दिने गरेका छौँ । कर्जाको कुरा गर्ने हो भने कष्ट अफ फण्ड कम भएपछि कर्जाको विषयमा पनि सिन्धु विकास बैंक प्रतिष्पर्धामै रहेको छ ।  हामीले कर्जाको व्याज १३ देखि १४ प्रतिशत लिने गरेका छौँ ।            

काभ्रे, सिन्धुपाल्चोक र दोलखामा बैंकङ पहुँच र वित्तीय साक्षरताको अवस्था कस्तो छ ?
काभ्रे, सिन्धुपाल्चोक र दोलखा पहाडी भेगका दर्गम जिल्लाहरु हुन् । त्यसकारण यी जिल्लाहरुमा वित्तीय साक्षरता र बैंकिङ पहुँचको अवस्था कमजोर छ । यी जिल्लाहरु भर्खर भर्खर विकासको बाटोतिर लम्कँदै छन् । राष्ट्र बैंकको मर्जर नीति र सबै स्थानीय तहहरुमा बाणिज्य बैंक पुर्याउने योजनाले गर्दा यी जिल्लाहरुमा बैंकिङ पहुँच र वित्तीय साक्षरतामा राहत मिलेको छ । यहाँका ग्रामीण भेगका दर्गम ठाउँहरुमा भने अझै पनि बैंकिङ पहुँच र वित्तीय साक्षरताको अवस्थामा सुधार आउन सकेको छैन । 

भुकम्पले ग्रस्त बनाएको क्षेत्रमा सिन्धु विकास बैंकको कार्यक्षेत्र रहेको छ । अहिले लगानीको वातावरणमा कतिको सुधार भएको छ ?
भुकम्पपछि खस्किएको लगानीको वातावरणमा क्रमशः सुधार हुँदै आएको छ । सिन्धु विकास बैंकले जुन खालको गतिमा लगानीको आशा गरेको थियो, त्यो खालको विकास भने भएको छैन । पूनर्निमाण कार्यका कारण लगानीको क्षेत्रमा प्रभाव परेको छ । 

क्षेत्रीय विकास  बैंकका चुनौतीहरु के के छन् ? 
क्षेत्रीय विकास बैंकका बहुमुखि चुनौतीहरु रहेका छन् । डिपोजिट मुभुलाईजेशन गर्न गाह्रो छ । भौगलिक विकटताको कारण पैसाहरु मुभिलाइजेशन गर्दा कुनै ठाउँमा चोरी हुने डर हुन्छ । पर्याप्त मात्रामा जनशक्तिको विकास गर्न पनि गाह्रो छ । बढ्दो विदेश पलायनका कारण मानिसहरु नै पाइँदैनन् । अपरेसनल रिस्क पनि छ । साथै, अपरेस्नल कष्ट पनि अत्यन्तै बढी लाग्ने गर्दछ । 

मौद्रीक नीतिले यी चुनौतीहरुलाई कतिको सहज बनाएको छ ?
मौद्रीक नीति समग्रमा सरकारले बनाएको योजनालाई पुरा गर्ने हिसाबले आएको भए तापनि रिजनल लेभलका विकास बैंकहरुको चुनौतीहरुलाई नै सम्बोधन गर्ने ढङगले भने कुनै विषय समेटिएको छैन । सिआरआर लगायतका केही विषयका कारण केही हदसम्म सहज भएको छ । पूर्ण रुपमा भने क्षेत्रीय स्तरका विकास बैंकको समस्याको सम्बोधन भएको छैन । 

सिन्धु विकास बैंक संघीय संरचनामा कसरी अगाडी बढ्दैछ ? 
वित्तीय क्षेत्रलाई पनि संघीय संरचनामा लैजाने भन्ने सन्दर्भमा अहिले भएको दश जिल्ले र तीन जिल्ले विकास बैंकहरुलाई कसरी अगाडी बढाउने भनेर ठोस योजना राष्ट्र बैंकले अगाडी सारिसकेको छैन । यी विकास बैंकहरुलाई स्टेटमा लैजाने वा राष्ट्रिय स्तरमा लैजाने भन्ने कुनै योजना नबनाएको कारण अब राष्ट्र बैंकले जुन खालको दिशा निर्देशन गर्दछ त्यसै अनुरुप सिन्धु विकास बैंक अगाडी बढ्नेछ । 

साना विकास बैंकहरुलाई ठुला अन्य बैंकहरुसंग प्रतिष्पर्धा गरेर काम गर्न कतिको सहज अवस्था छ ?
प्रतिष्पर्धा भनेको बहुआयामिक विषय हो । कुनै एङगलबाट साना विकास बैंकहरुलाई सहज पनि हुन्छ भने कुनै एङगलबाट असहज पनि हुन्छ । साना विकास बैंकहरुमा गाउँघरको डिपोजिट हुने हुनाले पैसाको मुभिलाइजेशन हुने अंश रिलेटिभलि कम हुन्छ । कमर्सियल बैंकहरुको भन्दा, साना विकास बैंकहरुको स्टेटनल डिपोजिट कम हुन्छ । त्यसकारण कम कष्ट हुन्छ । कमर्सियल बैंकहरुसंग कष्टको हिसाबले गर्दा विकास बैंकहरु प्रतिष्पर्धामा छन् ।  तर, जनशक्तिको गुणस्तर र अन्य कुराहरुमा विकास बैंकहरुलाई कमर्सियल बैंकहरुसँग प्रतिष्पर्धा गर्ने कार्य चुनौतीपुर्ण छ । ठुलो नेटवर्क भएको बैंकले धेरै नै सुविधा दिएको हुन्छ । 
आजको यो आधुनिक समयमा मानीसहरु सुविधातर्फ आकर्षण हु्ने हुन्छन् । सबै सुविधा विकास बैंकहरुसँग छैन । यसकारण विकास बैंकतर्फ आकर्षण कम रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]