बैंकिङ खबर । मंगलबार सेयर बजार १.३७ अंकले बढेर ११७७.०९ अंकमा पुगेको छ । जलविद्युत्, अन्य र जीवन बीमा समूह क्रमशः ३.०४, ०.८ र ३१.०३ अंकले घटे पनि बैंकिङ, होटल, विकास बैंक, फाइनान्स, निर्जिवन बीमा, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः १.८९, १२.२४, ८.६७, १.४२, ५.९४, १२.२६ र ९.९२ अंकले बढेका छन् ।
दिनभरिमा १५४ वटा कम्पनीको छ लाख २२ हजार आठ सय एक कित्ता सेयर तीन हजार दुई सय ७४ पटक खरिदविक्री हुँदा १९ करोड पाँच लाख १३ हजार नौ सय ९६ रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, एनएमबि बैंक र एजएलजी इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीको सूचिमा क्रमशः महालक्ष्मी विकास र्बैंक, सिद्धार्थ बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एनआईसी एशिया बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्स रहेका छन् ।
ग्लोबल आईएमई लघुवित्त, एनआईसी एशिया बैंक, गरिमा विकास बैंक, गण्डकी विकास बैंक र बरुण हाइड्रोका सेयरधनीले तीन प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । नेपाल हाइड्रो, बोटलर्स नेपाल, साना किसान विकास बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी, गोर्खाज फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, समिट माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्तका सेयरधनीले तीन प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । ङादी ग्रुप पावर, लक्ष्मी भ्यालु फण्ड, रिडी हाइड्रो, नविल इक्विटी फण्ड, महुली सामुदायिक लघुवित्त, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, आरम्भ माइक्रोफाइनान्स, अरुण भ्याली हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।