बैंकिङ खबर । साझेदार लघुवित्त संस्थाहरुको सहभागीतामा आरएमडीसी लघुवित्त वित्तीय संस्थाले भाद्र ४–५ गते २ दिन वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा प्रदेश नं ४ र ५ मा अवस्थित ३६ वटा साझेदार संस्थाहरुका ६३ जना अध्यक्ष, कार्यकारी प्रमुख तथा उच्च स्तरको पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
उक्त गोष्ठीको सभापतित्व आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले गरेका थिए भने गोष्ठीको उद्घाटन प्रमुख अथिति नेपाल राष्ट्र बैक लघुवित्त प्रबद्र्धन तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक जनक बहादुर अधिकारीले गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै अधिकारीले नेपालमा लघुवित्त क्षेत्रको विकास र प्रबद्र्धनमा नेपाल राष्ट्र बैकंले शुरु देखि नै सकारात्मक सहयोग गर्दै आएको र आगामी दिनमा पनि राष्ट्र बैंकको सहयोगी भूमिका रहने बताए ।
कार्यक्रमको उद्घाटन सत्रमा गोष्ठीका संयोजक तथा आरएमडीसीका वरिष्ठ प्रवन्धक अन्नपूर्ण श्रेष्ठले प्रमुख अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दैै आरएमडीसीको स्थापनाकालदेखि नै नियमित रुपमा संचालन गर्दै आएको यस समीक्षा गोष्ठीले एक अर्कालाई चिन्ने बुझ्ने र एक आपसमा अनुभव साटासाट गर्ने अवसर दिँदै आएको र यसले लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौती निराकरण गर्नमा ठुलो सहयोग पुर्याउने विचार व्यक्त गरे ।
उक्त समारोहमा नायव प्रमुख कार्यकारी अधिकृत राम दयाल राजवंशीले नेपालको लघुवित्त क्षेत्रको विकास र विस्तारमा नेपाल राष्ट्र बैक र आरएमडिसीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
गोष्ठीको उद्घाटन सत्रको समापन गर्दै आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले कार्यक्रमको उपादेयता र यसबाट लघुवित्त क्षेत्रमा पार्ने सकारात्मक प्रभावबारे उल्लेख गर्दै प्रमुख अतिथि लगायत सम्पूर्ण सहभागीहरुलाई सहभागीताको लासग धन्यवाद दिए ।
कार्यक्रममा सहभागी सबै संस्थाका प्रतिनिधीहरुले संस्थामा रहेका समस्या तथा चुनौतीहरुको वारेमा प्रस्तुती गर्नुका साथै समस्या समाधानको लागी चालेका कदमहरु र गरेका श्रृजनात्मक कार्यहरुको बारेमा प्रस्तुति दिए । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैकका तर्फबाट समेत लघुवित्त सम्बन्धी प्रस्तुतिकरण भएको थियो भने आरएमडिसीले उक्त संस्थाको वारेमा निर्माण गरेको बृतचित्र समेत विमोचन भएको थियो ।
गोष्ठीमा सम्पूर्ण सहभागी संस्थाका प्रतिनिधीहरुको तर्फबाट आगामी कार्यदिशा निर्माण गर्दै सम्पन्न भएको थियो । गोष्ठी कार्यक्रम एक अर्काको अनुभवबाट सिक्ने अत्यन्तै उपयोगी थलो भएको र आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बारे सहभागी संस्थाका प्रतिनिधीहरुले जोड दिएका थिए ।