Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१२ सयको विन्दुबाट फेरि झर्यो सेयर बजार, आइतबार दोहोरो अंकको गिरावट

२०७५ भाद्र ३ गते

बैंकिङ खबर । सेयर बजारले यो साताको सुरुवात पनि गिरावटबाटै गरेको छ । गत साताको सुरुवात गिरावटबाट भएतापनि पछि सेयर बजार बढ्न थालेको थियो । आइतबार फेरि सेयर बजार दोहोरो अंकको गिरावटमा फर्केको छ । नेप्से परिसूचक १४.०३ अंकले घटेर १२ सयको विन्दुबाट तल झरेको छ । अहिले नेप्से परिसूचक ११९६.२९ अंकमा रहेको छ । 

सबै उपसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै निर्जिवन बीमा समूह १०३.२६ अंकले घटेको छ । बैंकिङ,  होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त र जीवन बीमा समूह क्रमशः  ११.९२, २३.०५, २०.८२, ११.३, ५.४८, १८.३३, ५.७१, २३.४३ र ६४.८६ अंकले घटेका छन् ।

दिनभरिमा १६० वटा कम्पनीको १५ लाख ६४ हजार छ सय ९२ कित्ता सेयर चार हजार एक सय ६० पटक खरिदविक्री हुँदा ३२ करोड ५२ लाख ३४ हजार सात सय ११ रुपैयाँको कारोबार भएको छ । ग्रामीण विकास लघुवित्तको तीन करोड, ओम डेभलपमेन्ट बैंकको दुई करोड तथा नविल बैंक प्रोमोटर, नविल इन्भेष्टमेन्ट बैंक प्रोमोटर र नविल बैंकको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीको सूचिमा क्रमशः एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, नेपाल इन्भेष्टमेन्ट बैंक र कृषि विकास बैंक रहेका छन् ।

जम्मा २६ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । खानीखोला हाइड्रोका सेयरधनीले ५.७१ प्रतिशतका दरले कमाएका छन् । स्वरोजगार लघुवित्त, ग्रामीण विकास लघुवित्त, एनएमबि सुलभ इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, कर्पोरेट डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, गुडविल फाइनान्स, वरियन्टल होटल्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, नागबेली लघुवित्त र आईसीएफसी फाइनान्सका सेयरधनीले क्रमशः ५.३७ र ५.३२ प्रतिशतले गुमाएका छन् । यसबाहेक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, जलविरुद्युत् लगानी तथा विकास कोष, हिमालयन बैंक, बेष्ट फाइनान्स, नेपाल इन्स्योरेन्स, सपोर्ट माइक्रोफाइनान्स, महुली सामुदायिक लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  

Ad