Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

०.६१ अंकको वृद्धिसँगै १२१०.३२ अंकमा सेयर बजार, साढे ४५ करोडको कारोबार

२०७५ श्रावण ३१ गते

बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार ०.६१ अंकको वृद्धिसँगै १२१०.३२ अंकमा पुगेको छ । उत्पादनमूलक र बैंकिङ समूह क्रमशः ७७.३२ र ४.१ अंकले बढेका छन् । व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूह क्रमशः ३.७१, २७.२५, २.५३, १६.७७, २.७५, २०.७७, २.६४, १३.७८ र २९.८७ अंकले घटेका छन् ।

दिनभरिमा १६६ वटा कम्पनीको १३ लाख ६१ हजार छ सय २७ कित्ता सेयर छ हजार चार सय ४१ पटक खरिदविक्री हुँदा ४५ करोड ५२ लाख ४३  हजार सात सय ८५ रुपैयाँको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, एनएमबि बैंक, नविल बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, नेपाल बैंक, नविल बैंक प्रोमोटर, प्राइम बैंक, बोटलर्स नेपाल र नेपाल लाइफ इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनीको ९८ लाखको कारोबार भएको छ ।

बोटलर्स नेपाल, युनिलिभर नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनी(प्रोमोटर)का सेयरधनीले क्रमशः ८.१०, ६.११, छ र ५.०८ प्रतिशतका दरले कमाएका छन् । सिभिल लघुवित्त, सिनर्जी पावर, सहयोगी विकास बैंक, नविल बैंक, नेपाल कम्युनिटी डेभलपेमेन्ट बैंक, एनएमबि बैंक लगायतका सेयरधनीले कमाएका छन् ।

ललितपूर फाइनान्स र हिमालयन डिस्टलरीका सेयरधनीले क्रमशः ९.५८ र ७.५१ प्रतिशतका दरले गुमाएका छन् । नेशनल हाइड्रो, हिमालयन जनरल इन्स्योरेन्स, ङादी ग्रुप पावर, एनएमबि माइक्रोफाइनान्स, गोर्खाज फाइनन्स, तिनाउ डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, स्वरोजगार लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

Ad