May 20th, 2016

गभर्नरले भने– ‘सूचना आयोगले बैंकहरुलाई धन्यवाद दिनुपर्छ’

chitanjibi nepalगभर्नर डा. चिरञ्जीबि नेपालले नेपालमा सबैभन्दा बढी पारदर्शी सूचना प्रवाह गरेबापत सूचना आयोगले बैंकहरुलाई धन्यवाद दिनुपर्ने बताएका छन् । तर, अझै कतिपय सूचनाहरु सिस्टमबाट आउने नगरेको उनको गुनासो थियो । राष्ट्रिय सूचना आयोगले शुक्रबार राजधानीमा आयोजना गरेको बैंकिङ क्षेत्रमा सूचनाको अधिकारको प्रयोगबारे अन्तक्रिया कार्यक्रममा गभर्नरले यस्तो बताएका हुन् । राष्ट बैंकले २०७० साल फागुन ११ गते सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सूचना अधिकारी र सूचना इकाइ स्थापना गर्न निर्देशन दिएको नेपालले जानकारी दिए । 

उनले सूचना जति बाँड्यो त्यति नै ज्ञान बढ्ने र जनताको विश्वास बढ्ने भन्दै  पारदर्शी भएको सूचना दिन बैंकरहरुलाई आग्रह समेत गरे । गभर्नर नेपालले अहिले पनि धेरै जनतालाई बैंकहरुले सस्तो व्याजदरमा ऋण दिन्छन् भन्ने थाहा नभएको समेत जिकिर गरे । ६ प्रतिशत व्याजदरमा बैंकबाट ऋण लिने किसानहरुको संख्या अहिले करिब १५ सय रहेको उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी वास्कोटाले सूचनाको अधिकार संविधानको धारा २७ मा उल्लेख भएको मौलिक अधिकार भएकाले त्यसको पालना गर्नु सबैको दायित्व भएको उल्लेख गरे ।

आयोगका आयुक्त किरण पोखरेलले जनताको विश्वासमा रहेको संस्थाहरु धरासायी हुन नसक्ने दाबी गरे । यही उदाहरण दिँदै उनले ैंकहरुलाई पारदर्शी भएर काम गर्न अपिल गरे । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]