Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रोग्रेसिभ फाइनान्सको ५९ लाख कित्ता हकप्रद भदौ ५ गतेदेखि

२०७५ श्रावण २१ गते

बैंकिङ खबर । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले भदौ ५ गतेदेखि २८१ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । असोज ८ गतेसम्म खुला रहने सेयरमा साउन २२ गतेसम्म कायम सेयरधनीले आजेदन दिन पाउनेछन् । 

फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 
 
हकप्रद आवदेनको लागि सनराइज क्यापिटल कमल पोखरी, प्रोग्रेसिभ फाइनान्सको केन्द्र तथा शाखा कार्यालयहरु, सनराइज बैकका कार्यालयहरु विराटनगर, विरगञ्ज, पोखरा, धनगढी, बुटवल, धरान, नाराणगढ, नेपालगञ्ज, राजविराज, लाहान तथा आस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ । 
 
संस्थाले हकप्रद निष्काशन गरेसँगै चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ । जसमा संस्थापक शेयरधनीको ५१ प्रतिशत अर्थात ४० करोड ८० लाख रुपैयाँ र सर्वसधारण सेयरधनीको ४९ प्रतिशत अर्थात ३९ करोड २० लाख रुपैयाँ पुग्नेछ ।

Ad