May 22nd, 2016

राष्ट्र बैँककै भएन पुनर्निर्माण : भत्किएका १० तस्वीरहरु

गतवर्ष बैशाख १२ मा गएको बिनाशकारी भूकम्पले नेपालको धेरै संरचनाहरु ध्वस्त पार्यो । त्यस्तै नेपालका बैंकहरुको नियमक निकाय नेपाल राष्ट्र बैंकको भवनमा समेत कामै गर्न नसक्ने गरी क्षति पुर्यायो । बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको भवनका अधिकांश संरचना क्षतविक्षत भए । त्यस्तै राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ कार्यालय पनि क्षतिग्रस्त भयो । राष्ट्र बैंकले यो भवन जतिसक्दो चाँडो पुननिर्माण गर्ने जनाएको थियो । तर नीति र प्रक्रियागत झमेलाका कारण अहिलेसम्म भवन पुनर्निर्माणको काम सुरु भएको छैन । त्यति मात्र नभएर पुरातात्विक विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्र बैंक बिच प्रभावकारी समन्वयन हुँदा पनि भत्किएका भवनहरु बनाउने काम सुरु नभएको हो । हेरौँ गतवर्षको भूकम्पले जिर्ण बनाएको राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ भवनका १० तस्वीरहरु :

nrb 1 nrb 2 nrb 3 nrb 4 nrb 5 nrb 6 nrb 7 nrb 8 nrb 9 nrb


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]