बैंकिङ खबर । सोमबार सेयर बजार ०.४४ अंकले घटेर ११९४.३८ अंकमा कायम भएको छ । बैंकिङ, विकास बैंक, फाइनान्स र उत्पादनमूलक समूह क्रमशः ०.७९, ०.२२, ४.१८ र ४.६६ अंकले बढे पनि होटल, जलविद्युत्, निर्जिवन बीमा, अन्द्यय, लघुवित्त र जीवन बीमा समूह क्रमशः ९.९९, १.३७, १४.७२, २.२५, ०.०५ र २०.५१ अंकले घटेका छन् ।
दिनभरिमा १७० वटा कम्पनीको १२ लाख ८४ हजार नौ सय ४४ कित्ता सेयर तीन हजार छ सय ६४ पटक खरिदविक्री हुँदा २९ करोड ६१ लाख ५६ हजार दुई सय ५२ रुपैयाँको कारोबार भएको छ । माछापूछ्रे बैंकको छ करोड, एनसीसी बैंकको तीन करोड तथा जलविद्युत् लगानी तथा विकास कोष र एनएमबी बैंकको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार गर्ने कम्पनीहरुमा क्रमशः नेपाल बैंक, एनएमबि बैंक प्रोमोटर, नेपाल इन्स्योरेन्स, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर रह ेका छन् ।
नेपाल सेवा लघुवित्त, तिनाउ डेभलपमेन्ट बैंक र जेविल्स फाइनान्सका सेयरधनीले क्रमशः ५.८३, ५.२३ र ५.०५ प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, रिडी हाइड्रो, युनाइटेड फाइनान्स, समता माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, एनआईबिएल प्रगति फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, सिटी एक्सप्रेस फाइनान्स र वल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले क्रमशः ९.५२ र ९.७३ प्रतिशतका दरले गुमाएका छन् । जलविद्युत् लगानी तथा विकास कोष, रैराङ हाइड्रो, एशियन लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक, सिटिजन म्युचुअल फण्ड, वोमी माइक्रोफाइनान्स, सिद्धार्थ इक्विटी वरियन्टेड स्कीम, ग्लोबल आईएमई लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।