बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्रसिंह साउद शुक्रबारदेखि पुनः नेप्से फर्किएका छन् । सरकारले बर्खास्त गरेका साउद अदालतको आदेश बमोजिम पुर्नवहाली भएका हुन् । गत आइतबार सर्वोच्च अदालतले साउदलाई पुर्नवहाली गर्न आदेश दिएको थियो । सर्वोच्चले आदेश दिएको पाँच दिनपछि साउद नेप्सेको कार्यभार सम्हाल्न फर्किएका हुन् ।