July 16th, 2018

पाँचथर पावर कम्पनीले १९ लाख २५ हजार कित्ता आईपिओ जारी गर्ने

बैंकिङ खबर । पाँचथर पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता आईपिओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित पाँचथरबासी र सर्वसाधारणका लागि गरेर उक्त परिमाणको आइपिओ जारी गर्ने अनुमति मागेको हो ।

आयोजना निर्माणका लागि स्थानीयको तीन करोड लगानी छ । त्यस्तै आयोजनामा कार्यरत कर्मचारीको दुई करोड र बाँकी रकम सानिमा बैंकसहित अन्य ११ बैंकले लगानी गरेका छन् । ७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत स्थानीय बासिन्दा र अन्य सर्वसाधारण लगानीकर्ताको लगानी छ ।

कम्पनीको चुक्तापूँजी ७६ करोड रुपैयाँ छ । आइपिओ जारी गरेपछि कम्पनीको पूँजी झण्डै ९६ करोड पुग्नेछ ।

कम्पनीले १४.९ मेगावाटको हेवा खोला ए आयोजना निर्माण गरी विद्युत उत्पादन थालिसकेको छ । दुई अर्ब ६० करोड रुपैयाँ लागतमा पूरा भएको हेवा खोला ‘ए’ जलविद्युतबाट उत्पादन भएको बिजुली पूर्वाञ्चलका ताप्लेजुङ, पाँचथर, इलाम र झापामा प्रसारण गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]