July 15th, 2018

१२००को विन्दुमा सेयर बजार, कारोबारमा भारी गिरावट

बैंकिङ खबर । आइतबार सेयर बजार ८.११ अंकको वृद्धिसँगै १२००.०९ अंकमा पुगेको छ । फाइनान्स समूह १.५७ अंकले घटे पनि बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ७.८५, ०.१७, ४०.६६, ७.७१, १०.७८, ४३.४९, ९.३८, १.९ र ६.५५ अंकले बढेका छन् । 

परिसूचक बढेपनि कारोबार रकममा भने भारी गिरावट आएको छ । दिभरिमा १७० वटा कम्पनीको छ लाख ६७ हजार चार सय ३४ कित्ता सेयर तीन हजार पाँच सय ९२ पटक खरिदविक्री हुँदा १९ करोड ३८ लाख २६ हजार चार सय १० रुपैयाँको मात्रै कारोबार भएको छ । 

सेञ्चुरी कमर्सियल बैंकको एक करोड २९ लाख माथिको प्रोमोटर सेयरको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम लाईफ इन्स्योरेन्स, एभरेष्ट बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, नविल बैंक, एनसीसी बैंक प्रोमोटर, सानिमा बैंक, प्रिमियर इन्स्योरेन्स र राष्ट्रिय बीम कम्पनी पनि धेरै कारोबार हुने टप १० कम्पनीको सूचिमा छन् । 

सपोर्ट माइक्रोफाइनान्स, एनआईबिएल प्रगति फण्ड र नविल इक्विटी फण्डका सेयरधनीले क्रमशः ७.०८, ६.१३ र ५.२२ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, सिद्धार्थ इक्विटी फण्ड, कुमारी बैंक, एनसीसी बैंक, सानिमा इक्विटी फण्ड, सोल्टी होटल, काबेली विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, नेपाल हाइड्रोका सेयरधनीले ६.६६ प्रतिशतका दरले गुमाएका छन् । युनाइटेड मोदी हाइड्रो, सिद्धार्थ इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, छ्याङ्दी हाइड्रो, जनउत्थान सामुदायिक लघुवित्त, जेविल्स फाइनान्स, कालिका माइक्रोक्रेडिट, स्वाबलम्बन लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]