July 12th, 2018

१२ सयको विन्दुबाट झर्यो सेयर बजार

बैंकिङ खबर । विहीबार सेयर बजार १३.६६ अंकले घटेर ११९१.९८ अंकमा कायम भएको छ । उत्पादनमूलकबाहेक सबै उपसूचक घटेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, अन्य र लघुवित्त समूह क्रमशः १०.३१, ०.८४, ३७.६५, १८.८३, २१.७, ३.८७, १०७.५८, ०.५१ र ३६.०६ अंकले घटेका छन् । उत्पादनमूलक समूह २.८ अंकले बढेको छ । 

दिनभरिमा १६३ वटा कम्पनीको १६ लाख २० हजार आठ सय ८० कित्ता सेयर चार हजार नौ सय ४१ पटक खरिदविक्री हुँदा ४५ करोड ४४ लाख छ हजार दुई सय ५६ रुपैयाँको कारोबार भएको छ । लक्ष्मी बैंकको साढे छ करोडको कारोबार भएको छ भने कुमारी बैंक प्रोमोटरको चार करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । एनएमबि माइक्रोफाइनान्स, कुमारी बैंक, जनता बैंक प्रोमोटर र नेपाल लाइफ इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । प्रुडेन्सियल इन्स्योरेन्स प्रोमोटर, नेपाल इन्भेष्टमेन्ट बैंक, साना किसान विकास बैंक र नेपाल बैंकको क्रमशः ९४ लाख, ९२ लाख, ८२ लाख र ८० लाखको कारोबार भएको छ । 

कञ्चन डेभलपमेन्ट बैंक, सपोर्ट माइक्रोफाइनान्स, नेपाल हाइड्रो र एनएमबि माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ८.५१, ६.८६, ६.५१ र ६.२३ प्रतिशतले कमाएका छन् । आरम्भ माइक्रोफाइनान्स, रिलायन्स फाइनान्स, नेशनल हाइड्रो, हाम्रो विकास बैंक, युनाइटेड मोदी हाइड्रो, समता माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

नागबेली लघुवित्तका सेयरधनीले ६.७० प्रतिशतका दरले गुमाएका छन् । किसान माइक्रोफाइनान्स, राधी विद्युत् कम्पनी, विजय लघुवित्त, एनएलजी इन्स्योरेन्स, नेशनल माइक्रोफाइनान्स, एनसीसी बैंक, वोमी माइक्रोफाइनान्स र मिर्मिरे माइक्रोफाइनान्सका सेयरधनीले पाँच प्रतिशथभन्दा बढीका दरले गुमाएका छन् । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सका सेयरधनीले ४.६८ प्रतिशतका दरले गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]