July 9th, 2018

दोहोरो अंकको गिरावटसँगै सेयर बजार १२०६.४३ अंकमा, २८ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । १७.९६ अंकको गिरावटसँगै नेप्से परिसूचक १२०६.४३ अंकमा कायम भएको छ । व्यापार र उत्पादनमूलक समूह क्रमशः ०.२५ र ७.४३ अंकले बढेको भए तापनि बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, अन्य र लघुवित्त समूह क्रमशः १६.४२, २२.३२, १८.०६, २२.१, ४.५१, १३०.४२, ५.२६ र २१.८९ अंकले घटेका छन् । 

दिनभरिमा १६७ वटा कम्पनीको १० लाख ९७ हजार ६७ कित्ता सेयर चार हजार दुई सय ४४ पटक खरिदविक्री हुँदा ४१ करोड आठ लाख ३४ हजार आठ सय ७७ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम आइतबारको तुलनामा घटेको हो । आइतबार ४८ करोडमाथिको सेयर कारोबार भएको थियो । 

कुल कारोबारमध्ये, एभरेष्ट इन्स्योरेन्सको मात्रै १४ करोड ८० लाखको कारोबार भएको छ । नेपाल इन्ेष्टमेन्ट बैंक र नविल बैंकको एक करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, गरिमा विकास बैंक प्रोमोटर, ओम डेभलपमेन्ट बैंक, प्राइम लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, सनराइज बैंक र प्रिमियर इन्स्योरेन्स पनि धेरै कारोबार गर्ने टप १० कम्पनीको सूचिमा छन् । 

जम्मा २८ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । कन्काई विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ४.६९ प्रतिशतका दरले कमाएका छन् । एनआईबिएल प्रगति फण्ड, रैराङ हाइड्रो, एनएमबि माइक्रोफाइनान्स, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, लक्ष्मी इक्विटी फण्ड, बोटलर्स नेपाल,  काबेली विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सेयरधनीले ६.६६ प्रतिशतका दरले गुमाएका छन् । सिभिल लघुवित्त, नेपाल हाइड्रो, नेरुडे लघुवित्त र एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका  छन् । वरियन्टल होटल्स, सूर्या लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स लगायतका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]