July 6th, 2018

हाइड्रोमा लगानी गर्ने अवसर : दुई कम्पनीको १८ लाख कित्ता सेयर खुल्यो

बैंकिङ खबर । शुक्रबारदेखि  दुई जलविद्युत् कम्पनीले १८ लाख कित्ता सेयर निष्काशन गरेका छन् । माउन्टेन हाइ«ोले १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको छ भने घलेम्दी हाइड्रोले पाँच लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको छ । दुवै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्काशन गरेका हुन् ।   

माउन्टेनले एक सय रुपैयाँ अंकित मूल्यमा १२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । जसमध्ये सात लाख ५० हजार कित्ता पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका लागि र पाँच लाख कित्ता आईपिओ पाँचथरका अन्य क्षेत्रका स्थानीय बासिन्दालाई छुट्टाइएको छ । 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । न्युनतम ५० देखि अधिकतम ६००० हजार कित्तासम्म आवेदन गर्न पाइनेछ । असार २२ गतेदेखि खुलेको आईपिओमा छिटोमा साउन ४ र ढिलोमा भदौ २० गतेसम्म आवेदन दिन सकिने हुने बिक्री प्रवन्धकले जनाएको छ । इक्रा नेपालले कम्पनीको सेयरलाई ग्रेड फोर रेटिङ दिएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

पाँचथरको फिदिम गाविसमा रहेको २१.६ मेगावाटको यो आयोजनामा हेवा र फेमे खोलाको पानी प्रयोग गरिएको छ । आयोजना बनाउन करिब चार अर्ब रुपैयाँ लाग्ने देखिएको छ । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ३० लाख रुपैयाँ छ । २०७१ मा कम्पनी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भइसकेको छ । आयोजनामा ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको लगानी हुने छ । १० प्रतिशत आयोजना प्रभावित ःथानीयबासिन्दा र १० प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । आईपिओबाट संकलन हुने रकम सिभिल तर्फ सुरुङको फिनिसिङ्ग, हाइड्रोमेकानिकल र इलेक्ट्रोनिक मेकानिकल उपकरण जडान र प्रसारणलाइन निर्माणमा खर्च गर्ने कम्पनीले जनाएको छ

त्यस्तै, घलेम्दीले एक सय रुपैयाँ अंकित मूल्यमा पाँच करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्दैछ । यो आईपिओ तीन वर्षसम्म सेयर बिक्री गर्न नपाउने शर्त राखेर खुलाइएको छ । आइपिओमा छिटोमा साउन ४ र ढिलोमा साउन २० गतेभित्र आवेदन गर्न सकिनेछ । जसमा न्युनतम ५० देखि अधिकतम दुई हजार ७५० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा भिबोर क्यापिटल लिमिटेड रहेको छ । स्थानीयबासीले म्याग्दीको ग्लोबल आइएमई बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, माछापुच्छ्रे बैंक र आयोजना प्रभावितलाई तोकिएको स्थानबाट सेयर आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाटको घलेम्दी जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ । विसं २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले आगामी असोजदेखि बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनाको अनुमानित लागत ९४ करोड रुपैयाँ छ । प्रतिमेगावाट लागत १८ करोड ८० लाख रुपैयाँ पर्ने यो आयोजनाले ८ वर्षसम्म कर्जा चुक्ता गर्ने आह्वानपत्रमा उल्लेख छ । जारी पुँजी ५५ करोडमध्ये आयोजनामा संःथापकको ७० प्रतिशत अर्थात ३८ करोड ५० लाख, आयोजना प्रभावित स्थानीयबासिन्दाको १० प्रतिशत अर्थात ५ करोड ५० लाख र सर्वसाधारणको २० प्रतिशत अर्थात ११ करोड रुपैयाँ लगानी हुने छ । पहिलो चरणमा आयोजना प्रभावितका लागि शेयर जारी गरेपछि कम्पनीले ११ लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]