बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले असार १५ गतेदेखि एफपिओ निष्कासन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २८० रुपैयाँमा एक करोड ७६ लाख ८४ हजार आठ सय ८५ कित्ता एफपिओ निष्कासन गर्न लागेको हो ।
असार १९ गतेसम्ममा सम्पूर्ण सेयरका लागि आवेदन प्राप्त नभएमा बढीमा ३० दिनसम्म निष्काशन खुला राखिने बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । संस्थाले निष्कासन गरेको एफपिओमा पहिलो दिनदेखि नै संगठित संस्थाले आवेदन दिने पाउने बैंकले जनाएको छ । सम्पूर्ण सीआस्वा सदस्य बैंक र तीन बैंकका शाखाहरुबाट एफपिओ भर्न पाइनेछ ।
न्युनतम १० कित्ता र अधिकतम नेपाल राष्ट्र बैंकले तोकेको सीमा ननाघ्ने गरी आवदेन दिन पाउने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको नियम अनुसार आवेदकले अधिकतम १५ प्रतिशत ननाघ्ने गरी आवेदन दिन पाउने छन् ।
बैंकले एफपिओ निष्कासन गरेसँगै संस्थापक सेयरधनी नेपाल सरकारको ५१ प्रतिशत अर्थात ५ अर्ब रुपैयाँ र सर्वसधारणको ४९ प्रतिशत अर्थात ४ अर्ब ८० करोड रुपैयाँ गरि ९ अर्ब ८१ करोड रुपैया पुग्नेछ ।
विगत तीन वर्षको नेटवर्थमा औसत प्रतिफल २७.६ प्रतिशत रहेको छ । बैंकको क्रेडिट रेटिङ “केयर(एनपि आइपिओ ग्रेड ३ प्लस“ रहेको छ । यस रेटिङले संस्थाको अवस्था औसत आधार राम्रो रहेको देखाउँछ ।