Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दुई लघुवित्तको छ लाख ३९ हजार कित्ता हकप्रद सेयर २० गतेदेखि निष्काशन हुँदै 

२०७५ असार १० गते

बैंकिङ खबर । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र समता माइक्रोफाइनान्स वित्तीय संस्थाले असार २० गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । मिर्मिरेले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ भने समताले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काश गर्दैछ ।

मिर्मिरेले एक सय रुपैयाँ अंकित मूल्यमा चार करोड ५० लाख रुपैयाँ बराबरको चार लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । जेठ २७ गतेसम्म कायम सेयरधनीले उक्त सेयर भर्न पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । हकप्रद आवेदनको लागि एनआइविएल एस क्यापिटलको कार्यालयहरु, संस्थाका कार्यालयहरु, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगन्ज, नारायणगढ, वुटवल र धनगढी तथा सिआस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ ।

त्यस्तै, समताले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ८९ लाख रुपैयाँ बराबरको एक लाख ८९ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । असार ११ गतेसम्म कायम सेयरधनीले उक्त सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रन्धकमा पनि एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हकप्रद आवेदनको लागि फाइनान्सको शाखा कार्यलय तथा एनआइविएल एस क्यापिटलको कार्यालयहरु, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगन्ज, नारायणगढ, वुटवल र धनगढी तथा सिआस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ ।

दुवै कम्पनीको सेयर साउन २९ गतेसम्म खुला रहनेछ । हकप्रद सेयर निष्काशनपछि मिर्मिरे माइक्रोफाइनान्सको चुक्तापुँजी नौ करोड रुपैयाँ पुग्नेछ भने समता माइक्रोफाइनान्सको चुक्तापुँजी पाँच करोड ६८ लाख रुपैयाँ पुग्नेछ । 

Ad