बैंकिङ खबर । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले एक बराबर दुई दशमलव ८१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि फाइनान्सले नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ ।
फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यसका लागि बैंकले सनराइज क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।
हाल प्रोग्रेसिभ फाइनान्सको चुक्तापुँजी २१ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।