बैंकिङ खबर । विहीबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ०.६२ अंकले बढेर १२१८.४६ अंकमा पुगेको छ । बैंकिङ, जलविद्युत्, फाइनान्स, बीमा र अन्य समूह क्रमशः ०.३४, ०.५४, ०.५४, ७.३८ र ७.२६ अंकले बढेका छन् भने व्यापार, होटल, विकास बैंक, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः २.८७, ६४.९७, ०.९९, ०.२३ र ६.५५ अंकले बढेका छन् ।
परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । दिनभरिमा १६३ वटा कम्पनीको छ लाख २३ हजार दुई सय ११ कित्ता सेयर तीन हजार पाँच सय १३ पटक खरिदविक्री हुँदा १९ करोड ६६ लाख १४ हजार एक सय ५२ रुपैयाँको कारोबार भएको छ ।
कुनै पनि कम्पनीको कारोबार करोड पुग्न सकेको छ । नविल बैंक प्रोमोटर, प्रोग्रेसिभ फाइनान्स प्रोमोटर र नेपाल इन्भेष्टमेन्ट बैंकको क्रमशः ९३ लाख, ८० लाख र ७७ लाखमाथिको सेयर कारोबार भएको छ भने नेशनल लाइफ, प्राइम लाइफ र नेपाल बैंकको ५० लाख माथिको कारोबार भएको छ । बैंक अफ काठमाण्डूको पनि झन्डै ५० लाखको कारोबार भएको छ । एभरेष्ट बैंक, चिलिमे हाइड्रो, एनएमबि बैंक लगायतको पनि ४० लाखमाथिको कारोबार भएको छ ।
आरम्भ माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ७.०५ प्रतिशतका दरले कमाएका छन् । रिडी हाइड्रो, अरुण काबेली पावर, गुडविल फाइनानस, विजय लघुवित्त, गरिमा विकास बैंक, सनराइज बैंक, सिद्धार्थ इन्स्योरेन्स, मेगा बैंक, वरियन्टल होटल्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, नेपाल हाइड्रो, सिन्धु विकास बैंक र सोल्टी होटलका सेयरधनीले क्रमशः ९.८७, ६.९४ र ५.८१ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, युनाइटेड मोदी हाइड्रो, नेशनल हाइड्रो, राधी विद्युत् कम्पनी, देवः विकास बैंक, स्वरोजगार लघुवित्त, खानीखोला हाइड्रो, उन्नति माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।