बैंकिङ खबर । विभिन्न ११ कम्पनीले सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ रुपैयाँ मूल्य बराबरको सात करोड ५४ लाख ७० हजार दुई सय ४० कित्ता हकप्रद सेयर निष्कासनको तयारी गरेका छन् । १।१ वटा उत्पादनमूलक कम्पनी, जलविद्युत् र वाणिज्य बैंकका साथमा चार वटा माइक्रोफाइनान्स एवम् २।२ वटा बीमा कम्पनी र फाइनान्स कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर बिक्रीका लागि आवेदन दिएका छन् ।
नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड
एनसिसि बैंक लिमिटेडले दुई बराबर एक कित्ता सेयर दिने गरी प्रस्ताव गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरका दुई करोड ३३ लाख ९५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गरेको हो । बैंकको हकप्रद सेयर निष्काशन तथा विक्रीको प्रबन्ध सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।
दुई फाइनान्स कम्पनी
सिटी एक्सप्रेस फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद सेयर विक्री गर्न धितोपत्र बोर्डको अनुमति मागेको छ । एक बराबर १.६७को अनुपातमा निष्काशन हुने सेयरका लागि फाइनान्सले काठमाडौँ क्यापिटलमार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ ।
प्रोग्रेसिभ फाइनान्सले पनि हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । एक बराबर २.८१को अनुपातमा निष्काशन हुने सेयरमा सनराइज क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ । बोर्डको अनुमति पाएपछि फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
चार वटा माइक्रोफाइनान्स
उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पाँच बराबरको एकको अनुपातमा हकप्रद जारी गर्ने अनुमति मागेको छ । जसअनुसार, संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड १० लाख रुपैयाँ बराबरको एक लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि उन्नतिले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
त्यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्थाले एक बराबर एकको अनुपातमा ११ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति मागेको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा ११ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । संस्थाको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
यसबाहेक, नयाँ नेपाल लघुवित्तले पनि एक बराबर २.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यसका लागि लघुवित्तले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित दरमा छ करोड रुपैयाँ बराबरको छ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
त्यस्तै, महुली सामुदायिक लघुवित्त दुई बराबर एकको अनुपातमा हकप्रद जारी गर्ने तयारीमा जुटेको छ । यसका लागि वैशाख १९ गते बोर्डमा निवेदन दिएकोलघुवित्तले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लघुवित्तले एक सय रपैयाँ अंकित मूल्यमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
दुई बीमा कम्पनी
बीमा समूहको आइएमई जनरल इन्स्योरेन्सले दश बराबर आठको अनुपातमा हकप्रद सेयर बिक्री गर्ने तयारी गरेको छ । एक सय रुपैयाँ अंकित मूल्यमा जारी गर्न लागिएको ४३ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद सेयरका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धक तोकिएको छ ।
यता, एभरेष्ट इन्सोरेन्सले पनि एक बराबर छको अनुपातमा ७२ करोड ९० लाख रुपैयाँ बराबर हकप्रद सेयर निष्काशन गर्ने अनुमति मागेको छ । कम्पनीको एक सय रुपैयाँ अंकित मूल्यमा ७२ लाख ९० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी हो । एभरेष्टको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
श्रीराम चिनी उद्योग
उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले एक बराको तीनको अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । उद्योगले एक सय रुपैयाँ अंकित मूल्यमा ८९ करोड तीन लाख ९४ लाख ९८ हजार एक सय रुपैयाँ बराबरको ८९ लाख तीन हजार नौ सय ४९ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । उद्योगको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
अपि पावर कम्पनी
अपि पावर कम्पनीले दुई अर्ब १० करोड रुपैयाँ बराबरको दुई करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । एक बराबर दुईको अनुपातमा निष्काशन गर्न लागिएको उक्त सेयरका लागि विक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेडलाई दिइएको छ ।