Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पोखरा फाइनान्सको ८.६९ प्रतिशत लाभांश पारित

२०७५ असार ५ गते

पोखरा फाइनान्स लिमिटेडको २१ औं वार्षिक साधारणसभा मंगलबार (असार ५ गते) सम्पन्न भएको छ । साधारण सभा मार्फत फाइनान्सले आ.व. २०७३/७४ को लाभांश वितरणको लागि हालको चुक्ता पूँजी रु. ७५.४१ करोडको कुल ८.६९ प्रतिशत लाभांश पारित गरेको छ । उक्त लाभांश वितरण पछि संस्थाको कुल चुक्ता पुंजी रु. ८१.६४ करोड पुग्ने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले बताए ।    

सभाले संस्थापक समृ्हबाट सञ्चालकहरु क्रमशः भुवनसिं गुरुङ, डा.दीर्घमान गुरुङ, शोभा गुरुङ तथा रेसम लाल पौडेललाई निर्वाचित गरेको छ भने मिति २०७५/०३/०४ मा बसेको सञ्चालक समितिको बैठकले रवि चन्द्र गुरुङलाई मिति २०७५/०३/१० बाट लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतको रुपमा चयन गरेको छ ।

संस्थाको हाल तनहृ्ं, लमजुङ, रुपन्देही, काठमाडौं, स्याङजा एवं कास्की समेतमा गरी १३ वटा शाखा कार्यालय सञ्चालनमा आईसकेको छ । निकट भविष्यमा नै चितवनको नारायणगढ शाखा समेत सञ्चालनमा आउने तथा आ.व. २०७५/७६ मा थप अन्य शाखाहरु समेत खोलिने फाइनान्सले जनाएको छ ।

संस्थाले सि–आस्वा तथा मोवाइल बैंकिङ सेवाको शुरुवात गरिसकेको छ । यस अवधिमा निक्षेप रु ४ अर्व १५ करोड एवं कर्जा लगानीतर्फ रु. ३ अर्व ९७ करोड कायम गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।   

Ad