Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दोहोरो अंकले परिसूचक घट्दा साढे २४ करोडको सेयर कारोबार

२०७५ असार ३ गते

बैंकिङ खबर । आइतबार सेयर बजार १४.०७ अंकले घटेर १२३३.२३ अंकमा कायम भएको छ । होटल समूह २८.९५ अंकले बढेपनि बाँकी सबै उपसूचक घटेका छन् । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः १२.५१, १२.९९, २७.०५, ६.५२, ७२.४, ७.२३, ९.१३ र २०.७६ अंकले घटेका छन् ।

दिनभरिमा १५८ वटा कम्पनीको छ लाख ६४ हजार पाँच सय २१ कित्ता सेयर चार हजार तीन सय ६१ पटक खरिदविक्री हुँदा २४ करोड ५० लाख ५३ हजार सात सय ७० रुपैयाँको कारोबार भएको छ । जसमध्ये, ग्रामीण विकास लघुवित्तको सवा दुई करोडमाथिको कारोबार भएको छ । उन्नति माइक्रोफाइनान्स, एनएमबि बैंक, नेपाल बैंक, प्राइम लाइफ इन्स्योरेन्स र नविल बैंक प्रोमोटरको एक करोडमाथिको कारोबार भएको छ । मेगा बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको क्रमशः ८३ लाख, ७८ लाख, ७४ लाख  र ६७ लाखको कारोबार भएको छ । 

दोहोरो अंकले बजार घट्दा पनि राधी विद्युत् कम्पनीका सेयरधनीले १० प्रतिशतले कमाएका छन् । समता माइक्रोफाइनान्स, उन्नति माइक्रोफाइनान्स र सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ९.९८, ८.७५ र ५.८७ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रो, बोटलर्स नेपाल, सोल्टी होटल, सिन्धु विकास बैंक, छ्याङ्दी हाइड्रो, एनआईसी एशिया ग्रोथ फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, प्राइम लाइफ इन्स्योरेन्सका सेयरधनीले ६.७९ प्रतिशतका दरले गुमाएका छन् । एनएमबि बैंक, सिसान माइक्रोफाइनान्स, नेपाल बैंक र रिलायन्स फाइनान्सका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले गुमाएका  छन् । एनसीसी बैंक, जेविल्स फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, कालिका माइक्रोक्रेडिट, जानकी फाइनान्स लगायतका सेयरधनीले तीन प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । 

Ad