Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

उन्नति माइक्रोफाइनान्सले २० प्रतिशत हकप्रद सेयर जारी गर्ने

२०७५ जेष्ठ २४ गते

बैंकिङ खबर । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । हकप्रद जारी गर्न अनुपति माग गर्दै लघुवित्तले नियामक निकाय धितोपत्र बोर्डमा जेठ २० गते निवेदन दिएको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी पाँच करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले निष्काशन अनुमति मागेको एक लाख १० हजार कित्ता हकप्रद पश्चात लघुवित्तको पूँजी ६ करोड ६० लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्कासन तथा विक्री प्रबन्धकमा उन्नतिले सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । 

उन्नति माईक्रोफाइनान्सको गत चैत २१ गते सम्पन्न साधारण सभामा २५ प्रतिशत हकप्रद प्रस्ताव गरेपनि प्रस्ताव संसोधन गरेर २० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

उन्नतिले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत १० जिल्लामा वित्तीय सेवा दिँदै आएको छ ।