Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजार झन्डै पाँच अंकले घट्यो, मेगा बैंकका सेयरधनीले अत्याधिक गुमाए

२०७५ जेष्ठ १६ गते

बैंकिङ खबर । बजेट भाषणको भोलिपल्ट सेयर बजार ४.९४ अंकले घटेर १३२२.२७ अंकमा कायम भएको छ । फाइनान्स, बीमा र लघुवित्त समूह क्रमशः १.३१, ११.५१ र ४.३८ अंकले बढेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, उत्पादनमूलक र अन्य समूह क्रमशः ७.५४, ४.७३, ४.९६, ७.२९, ६.७२, ८.७६ र ०.७९ अंकले घटेका छन् । 

दिनभरिमा १६४ वटा कम्पनीको सात लाख ८९ हजार तीन सय ९९ कित्ता सेयर चार हजार आठ सय ९१ पटक खरिदविक्री हुँदा ४३ करोड ९० लाख ८३ हजार सात सय २१ रुपैयाँको कारोबार भएको छ । साना किसान विकास बैंकको चार करोड ४५ लाख, सानिमा माई हाइड्रोको दुई करोड २८ लाख तथा प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र एनएमबि बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ । नेपाल बैंक, स्वदेशी लघुवित्त र नेरुडे लघुवित्तको क्रमशः ९६ लाख, ९२ लाख र ९० लाखको कारोबार भएको छ । 

उन्नति माइक्रोफाइनान्स, नयाँ नेपाल लघुवित्त, साना किसान विकास बैंक, तारागाउँ रिजेन्सी र मिसन डेभलपमेन्ट बैंकका सेयरधनीले तीन प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्त, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबि हाइब्रिड फण्ड लगायतका सेयरधनीले दुई प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । 

मेगा बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.८८ प्रतिशतका दरले गुमाएका छन् । सहयोगी विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, समिट माइक्रोफाइनान्स, हिमालयन पावर पार्टनर, ललितपूर फाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, बिशाल बजार एक्सेल डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।