May 19th, 2018

नेपाल स्टक एक्सचेन्जले गर्ने कार्यहरु (आठ बुँदामा)

रेखा चन्द । नेपाल स्टक एक्सचेन्ज सरकारी ऋणपत्र तथा संस्थागत धितोपत्रहरुलाई तरलता प्रदान गर्नुका साथै सो को निर्वाध खरिद बिक्रि सुविधा प्रदान गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त हालसम्म एक मात्र धितोपत्रको दोस्रो बजार नै नेपाल स्टक एक्सचेन्ज हो । यसका कार्यहरु निम्नलिखित छन् :

  1. सेयर, डिभेन्चर र बन्डको दोस्रो बजारको प्लेटफर्मको खरिद बिक्रि गर्ने ब्रोकर बजार उपलब्ध गराउँछ ।
  2. निश्चित कम्पनी, ब्रोकर र लगानीकर्तालाई नियमन गर्ने काम गर्छ ।
  3. पुँजी बजारका बारेमा जनचेतना फैलाउँछ ।
  4. पुँजी बजारको विकास र विस्तारका लागि सी.डी.एस वा सेयर राख्ने संस्था बढाउनुका साथै नयाँ प्रोडक्ट के कस्ता छन्, त्यो बारेमा नयाँ रिर्सच गरेर विकास गर्ने, नेपाल सरकार र धितोपत्र बोर्ड अन्तर्गत रहेर सुझाव सल्लाह दिन्छ ।
  5. पुँजी बजारका राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसँग मेम्बरसिप लिने तथा ऐन अनुसार सेयर कारोबार गर्ने पब्लिक लिमिटेड कम्पनीहरुको नियमन तथा अनुगमन गर्छ ।
  6. नयाँ कम्पनीहरुलाई स्टक एक्सचेन्जमा कारोबारयोग्य हो भनेर लिस्टमा हाल्ने र साथसाथै लिस्टीङ्ग नभएका वा खारेजी भएका कम्पनीहरुलाई ओ.टि.सि. मार्केट मार्फत कारोबार गराउने कार्य पनि नेप्सेले गरिरहेको छ ।
  7. स्वच्छ, पारर्दशी, विश्वासजन्य, न्यायोचित मार्केट चलाउने र लगानीकर्ताको हितमा कार्य गर्छ ।
  8. नेपाल सरकारका नीति नियमहरुलाई सहयोग गर्दै पुँजी बजारमा दोस्रो बजारको विकास र विस्तार गर्छ ।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]