May 17th, 2018

पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर, ६० प्रतिशतसम्म छुट

मोबाइल पुरानो भएको छ अनि साट्ने सोचमा हुनुहुन्छ भने दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइल तपाईँको गन्तव्य बनेको छ । मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लैजान चाहनेहरुका लागि एक्स्चेञ्ज अफर सुरु गरेको छ । 

यस अघिका अफरहरुमा ग्राहकको उत्साहजनक उपस्थिती देखिएको भन्दै एप्पल वल्र्डले २ साताका लागि एक्स्चेञ्ज अफर सुरु गरेको हो । यसबाट मोबाइल सट्टापट्टा गर्न चाहनेहरुलाई सजिलो हुने विश्वास लिइएको छ । जेठ ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । 

अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्ट फोनसँग नयाँ स्मार्ट फोन सट्टा–पट्टा गर्न सकिनेछ । पुरानो स्मार्ट फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको व्यवस्था गरिएकोे एप्पल वल्र्ड मोबाइलका निर्देशक संगम राईले जानकारी दिए ।

एप्पल वल्र्डमा मोबाइल खरिद गर्नेहरुलाई विभिन्न मोडलका मोबाइलमा ६० प्रतिशतसम्म छुटको पनि व्यवस्था गरिएको छ ।

एकै छानामुनी बिश्व बजारमा पाइने २५ भन्दा बढी  ब्राण्डका मोबाइल उपलब्ध गराउँदै आएको एप्पल वल्र्ड मोबाइलले डेढ दर्जन ब्राण्डका मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । जहाँ ६० मिनेटमा जुनसुकै मोबाइलको मर्मत हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]