बैंकिङ खबर । मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । व्यापारबाहेक सबै समूह ओरालो लागेपछि नेप्से परिसूचक १५.९९ अंकको गिरावटसँगै १३९४.८६ अंकमा कायम भएको छ । व्यापार समूह २.८७ अंकले बढेपनि बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः १५.८५, ११.८३, २७.७९, १३.१, ९.९२, ७६, ९.९१, ६.८३ र १०.५१ अंकmे घटेका छन् ।
लगातार दोस्रो दिन दोहोरो अंकले बजार घटेपछि कारोबार रकममा समेत गिरावट आएको छ । दिनभरिमा १७० वटा कम्पनीको १७ लाख १९ हजार आठ सय कित्ता सेयर सात हजार आठ सय २५ पटक खरिदविक्री हुँदा ७३ करोड ९२ लाख २२ हजार ५९ रुपैयाँको कारोबार भएको छ । सोमबार डेढ अर्बमाथिको सेयर कारोबार भएको थियो ।
कुल कारोबारमध्ये, सेञ्चुरी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, स्वाबलम्बन लघुवित्त र सानिमा माई हाइड्रोको दुई करोडमाथिको कारोबार भएको छ । प्रिमियर इन्स्योरेन्स, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, चिलिमे हाइड्रो लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ ।
जम्मा ३९ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । नेशनल माइक्रोफाइनान्स र एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले क्रमशः ६.५३ र ५.९९ प्रतिशतका दरले कमाएका छन् । युनाइटेड मोदी हाइड्रो, सेञ्चुरी बैंक, स्वाबलम्बन लघुवित्त, नेपाल इन्स्योरेन्स, लक्ष्मी भ्यालु फण्ड, कैलाश विकास बैंक, विशाल बजार, स्वदेशी लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, सांग्रिला डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स र कन्काई विकास बैंकका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । जेविल्स फाइनान्स, सिनर्जी पावर, रिलायन्स फाइनान्स, सिभिल लघुवित्त, शिखर इन्स्योरेन्स, महिला सहयात्रा माइक्रोफाइनान्स, सृजना फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।