बैंकिङ खबर । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यी दुई बैंकबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ ।
राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि पछिल्लो समय मेगा बैंकको सञ्चालक समितिले गत माघमा नै टुरिजम डेभलपमेन्ट बैंकसँग र्मजर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । दुई बैंकबीच मेगाको प्रति शेयर १०० रुपैयाँ बराबर टुरिज्जमको ९५ रुपैयाँ कायम गरेर मर्जरमा जाने निर्णय भएको थियो । मर्जर प्रक्रियाका लागि दुवै बैंकको सेयर कारोबार २०७३ माघ ९ गतेदेखि रोक्का रहेको छ ।
हकप्रद सेयरसहित गरी मेगा बैंकको चुक्ता पुँजी सात अर्ब ५६ करोड पुगेको छ । टुरिजम डेभलपमेन्ट बैंकको चुक्तापुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ । दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी बढेर नौ अर्ब ४७ करोड रुपैयाँ पुग्नेछ ।