Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

देवः विकास बैंकको ४० प्रतिशत हकप्रद सेयर खुल्यो

२०७४ चैत्र २६ गते

बैंकिङ खबर । देवः विकास बैंक लिमिटेडले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैशाख ३० गतेसम्म निष्काशन खुला रहने सेयरमा फागुन १६ गतेसम्म कायम भएका सेयरधनीले आवेदन दिन सक्नेछन् ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हकप्रद खरीदका लागि विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ । 

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ६५ करोड ३३ लाख १० हजार आठ सय ५९ रुपैयाँ बराबरको ६५ लाख ३३ हजार एक सय आठ दशमलव ५९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल देवः विकास बैंकको चुक्तापुँजी एक अर्ब ६३ करोड ३२ लाख ७७ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्का शन गरेपछि बैंकको चुक्तपुँजी दुई अर्ब २८ करोड ६५ लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।