Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा उछाल, परिसूचक १२९४.६५मा पुग्दा झन्डै एक अर्बको कारोबार

२०७४ चैत्र २५ गते

बैंकिङ खबर । आइतबार सेयर बजार उछाल आएको छ । नेप्से परिसूचक ४४.२६ अंकले बढेर १२९४.६५ अंकमा पुगेको छ । सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै बीमा समूह ३५८.१ अंकले बढेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ३३.२६, ७.६, ८२.५४, २४.८८, ७२.५६, १०.०६, ५२.१३, १५.९४ र ८५.६६ अंकले बढेका छन् । 

परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । दिनभरिमा १७६ वटा कम्पनीको २३ लाख १२ हजार आठ सय ६५ कित्ता सेयर १० हजार सात सय ४६ पटक खरिदविक्री हुँदा ९१ करोड ७७ लाख आठ  हजार नौ सय ५९ रुपैयाँको कारोबार भएको छ ।

नविल बैंकको सबैभन्दा धेरै तीन करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । प्रभु इन्स्योरेन्स, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोडमाथिको कारोबार भएको छ । नेको इन्स्योरेन्सको एक करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।

सूर्योदय लघुवित्त र महुली सामुदायिक लघुवित्तका सेयरधनीले आइतबार १० प्रतिशतका दरले कमाएका छन् । मिथिला लघुवित्त, निर्धन उत्थान बैंक, नेपाल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, अरुण काबेली पावर, हाम्रो विकास बैंक लगायतका सेयरधनीले नौ प्रतिशतभन्दा बढीका  दरले कमाएका छन् ।

जम्मा १४ कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै राधी विद्युत् कम्पनीका सेयरधनीले ३.४३ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, एभरेष्ट बैंक प्रोमोटर, युनाइटेड फाइनान्स, हाम्रो विकास बैंक प्रोमोटर, प्रोग्रेसिभ फाइनान्स, तारागाउँ रिजेन्सी, एनआईबिएल प्रगति फण्ड, मल्टिपर्पोज फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, ज्योति विकास बैंक, छ्याङ्दी हाइड्रो, नविल ब्यालेन्स फण्ड, तिनाउ विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर सेयरधनीले पनि गुमाएका छन् ।