April 6th, 2018

सेयर बजारमा तीन अंकको वृद्धि, साताभरमा एक अर्ब ६९ करोडको कारोबार

बैंकिङ खबर । सुरुवात राम्रो नरहेपनि यो साता सेयर बजारको अन्त्य सुखद रहेको छ । साताको अन्तिम तीन दिनमा मात्रै नेप्से परिसूचक ५७.४३ अंकले बढेको छ । गत साताको अन्तिम दिन १२२०.२९ अंकमा बन्द भएको सेयर बजार यो साता १२५०.३९ अंकमा पुगेको छ । यस आधारमा, साताभरमा नेप्से परिसूचक ३०.१० अंकले बढेको देखिन्छ ।

बजार बढेसँगै कारोबारमा पनि सुधार आएको छ । आइतबार ३१ करोड र सोमबार साढे २० करोडको कारोबार भएको बजारमा मंगलबार २१ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । बुधबार र विहीबार क्रमशः ३३ करोड ६४ लाख र ६१ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । समग्रमा, साताभरमा एक अर्ब ६९ करोड २३ लाख २७ हजार तीन सय सात रुपैयाँको सेयर कारोबार भएको छ ।

स्टान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । नेपाल इन्स्योरेन्स, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको पनि राम्रो कारोबार भएको छ । तिनाउ विकास बैंक, स्वदेशी लघुवित्त लगायतका सेयरधनीले कमाएका छन् । गुहेश्वरी फाइनान्स, युनाइटेड मोदी हाइड्रो, ङादी ग्रुप पावर लगायतका सेयरधनीले गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]