April 6th, 2018

हिमालय उर्जा विकास कम्पनीको नौ लाख ९० हजार कित्ता आईपिओ आउने

बैंकिङ खबर । हिमालय उर्जा विकास कम्पनीले नौ लाख ९० हजार कित्ता साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड ९० लाख रुपैयाँ बराबरको आईपिओ आयोजना प्रभावित स्थानीयवासीका लागि जारी गर्न लागेको हो । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]