April 5th, 2018

टुरिजम डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर दिने

बैंकिङ खबर । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष ०७३।०७४सम्मको संचित मुनाफा, सेयर प्रिमियम र पुँजी समायोजन कोषमा रहेको रकमबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको विहीबार (चैत्र २२ गते) बसेको संचालक समितिको २१२औँ बैठकले  हाल कायम चुक्तापुँजीको १५ प्रतिशतले हुने ३० करोड १५ लाख ९२ हजार नौ सय ८५ रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]