April 5th, 2018

गण्डकी विकास बैंकको प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्विकृत

गण्डकी विकास बैंकको सञ्चालक समितिले आ.व.२०७३।०७४ सम्मको संचित मुनाफाबाट चुक्ता पुजींको १९ः३१ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय नेपाल राष्ट्र बैंकबाट स्विकृत भएको छ । प्रस्तावित बोनस सेयर बैंकको यस पश्चात बस्ने बार्षिक साधारणबाट पारित भएपछि लागु हुनेछ । 

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम राष्ट्रियस्तरको विकास बैंकले न्युनतम रु.२ अर्व ५० करोड चुक्तापुंजी पुर्याउनु पर्नेमा बोनस सेयर पश्चात बैंकको चुक्ता पुजीं रु.२ अर्व ७५ करोड रुपैयाँ पुग्नेछ । चुक्ता पुजींको आधारमा गण्डकी विकास बैंक नेपालको विकास बैंकमध्ये सबैभन्दा ठुलो बिकास बंैक हुनेछ । न्युनतम चुक्तापुँजी पूरयाउन बैंकले यस अगावै २५ प्रतिशत हकप्रद सेयर निश्काशन गरेको थियो र हकप्रदमा जम्मा नभएको बाँकी सेयर समेत लिलाम विक्री भई बाँडफाँड समेत भइसकेको छ । 

बंैंकले हाल ५१ वटा शाखा कार्यालायहरुबाट पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । थप २६ वटा शाखाहरु नेपाल राष्ट्र बैंकबाट स्विकृती लिई कार्यालय निर्माणको प्रकृयामा रहेको छ । यसै आ.व. भित्र नै निर्माणाधीन सम्पूर्ण शाखाहरु सञ्चालनमा आउने बैंकले जानकारी दिएको छ । यस पश्चात बैंकको कुल शाखा ७७ वटा पुग्नेछ । यी शाखाहरु स्थापना पश्चात बैंकको सेवा सातै प्रदेशबाट विस्तार हुनेछ । नेपालको पूर्वीभाग ताप्लेजुङ ,सुदुरपश्चिमको महेन्द्रनगर तथा हिमालपारिका जिल्लाहरु मुस्ताङ र मनाङबाट पनि कारोबार सञ्चालन भैराखेको र केहि शाखाहरु सञ्चालनको प्रकृयामा रहेका छन् । बैंकले सम्पूर्ण शाखाहरुबाट पूर्ण बैंकिङ्ग : निक्षेप, कर्जा एबिबिएस, मोबाइल बैंकिङ, एटिएम, रेमिट्यान्स, सिआस्वा जस्ता सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

एउटा शाखामा खाताखोली कारोबार गरेको ग््राहकहरुले अन्य शाखाहरुबाट सजिलै कारोबार गर्न सक्नेछन् । आगामी दिनहरुमा पनि बैंकले बैंकिङ्ग सेवाहरुलाई थप विविधिकरण र बिशिष्टिकरण गर्दै लैजाने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]